April 16, 2021
Safal Sansar
यथार्थ लाइनहरु लाइन संग्रह

सफल यथार्थ लाइनहरु — संग्रह एक

१. गन्तव्यमा पुग्ने आशा कहिल्यै नछोड्नुहोस् किनभने अक्सर सूर्य अस्ताएपछि नै फेरि विहानी हुन्छ ।

२. सफल हुनको लागि राम्रा साथीहरु चाहिन्छ र धेरै सफल हुनको लागि राम्रा शत्रुहरूको आवश्यकता हुन्छ ।

३. जुन व्यक्तिहरुमा पढ्ने बानी छ उनीहरु जीवनमा कहिल्यै एक्लो हुन सक्दैनन् ।

बिगतको सिकाई, भविष्यको सम्झना अनि वर्तमानको कर्मले तिमीलाई सफल बनाउछ ।

४. गल्ती गर्नु गलत होइन बरु गलत त यो हो कि गलत गरेर पनि गल्ती नसुधार्नु ।

५. केही हुनेछैन अधेरोलाई सरापेर , आफ्नो हिस्साको दीयो हामी आफैंले जलाउनु पर्छ ।

६. बुद्धिमान मानिस कयौंपटक उत्तर हुँदाहुँदै पनि पछि फर्केर बोल्दैनन् , किनकि कयौंपटक सम्बन्धलाई जिवित राख्नको लागि मौन भएर हार्न जरुरी हुन्छ ।

७. यति तितो पनि बन्नुहुदैंन कि कसैले थुकिदेओस् अनि यति मिठो पनि बन्नुहुदैंन कि सिधै निलिदिउन् ।

८. यदि कोहि तपाईंको लागि मर्छ भने यो कोशिश गर्नुहोस् कि उ जिवित रहोस् ।

९. गलतलाई साथ दिने वाला व्यक्ति ऊ भन्दा पनि गलत व्यक्ति हो ।

१०. गीतामा लेखिएको छ , कमजोर तिमी होइनौ , कमजोर तिम्रो समय हो ।

११. सिंह बाट सिकेको छु चुपचाप भएर सिकार गर्न , किनकि गर्जन गरेर सिंह कहिल्यै सिकार गर्दैन ।

१२. धनी हुने दुई तरिकाहरु छन; पहिलो जो तपाईले चाहानु भएको छ सबै प्राप्त गर्नु, दोस्रो तपाईं सँग जे छ त्यसमा सन्तुष्ट हुनु ।

१३. यतिधेरै बफादार नहुनुहोस् कि मान्छेहरु तपाईलाई कुकुर सम्झीउन ।

१४, सबैभन्दा धनी मानिस त्यो हो जो आज आफैँसँग सन्तुष्ट छ नत्र करोडपति मान्छेहरु पनि चिन्ताले मरेका छन् ।

सम्बन्धित थप सामाग्रीहरु -

सफल यथार्थ लाइनहरु — संग्रह दुई

केही यथार्थ लाइनहरु – संग्रह तिन

प्रतिकृया पठाउनुहोस